२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने

अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युिनष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको उम्मेदवार टुंग्याएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हो। माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

सचिवालय बैठकले सातवटै प्रदेशमा उम्मेदवार हुने व्यक्तिहरुको टुंगो लगाएको छ। यसपटक यसअघि आएका व्यक्तिहरुलाई नदोहोर्‍याउने निर्णय बैठकले गरेको छ। पूर्वएमालेलाई ५६ र पूर्वमाओवादीलाई ४४ प्रतिशतका आधारमा भागबन्डा भएको हो।

प्रदेश १ – बाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रदेश २ – मा राजपासँग चुनावी तालमेल गर्दा नेकपाले दुईजना उम्मेदवार पाएको छ । जसमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान उम्मेदवार बनेका छन् ।

प्रदेश ३ –  मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेश _ बाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश  ५ – मा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ ।

कर्णाली प्रदेश – बाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन् ।

सुदूरपश्चिम प्रदेश – बाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ । भागबण्डाका आधारमा पूर्वएमालेले ९ जना र पूर्वमाओवादीले ७ जना उम्मेदवार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस