अमेरिकी आक्रमणमा इरानको कुद्स फोर्सका कमाण्डर मारिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकी आक्रमणमा इरानको कुद्स फोर्सका कमाण्डर मारिए


१८ पुस २०७६, शुक्रबार


एजेन्सी । इराकको बगदाद अन्तर्राष्ट्रिय एयरपोर्टमा शुक्रबार भएको अमेरिकी स्ट्राइकमा ८ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएफपीले इराकी सरकारी टिभी च्यानल र सैन्य बलका अधिकारीहरुलाई उदृत गर्दै जनाए अनुसार इरान र इराकका शीर्ष कमाण्डरहरु मारिएका छन्।

आक्रमणमा इरानको कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका छन्। आक्रमणमा काताइब हिज्बुल्लाह कमाण्डर अबु महदी अल-मुहंडिस पनि मारिएका छन्।

अमेरिकीले आक्रमणको जिम्मेवार लिएको छ। अमेरिकी रक्षा विभागको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको निर्देशन अनुसार विदेशमा बस्ने अमेरिकी सैनिकहरुको सुरक्षाका लागि कासिम सोलेमानीलाई मार्ने कदम चालिएको हो। अमेरिकाले उनलाई आतंककारि घोषित गरेको थियो।’

जनरल कासिम सुलेमानीको मृत्यु मध्यपूर्वमा जोडिएको एउटा ठूलो घटना हो। ह्वाइट हाउसका अनुसार जनरल कासिमले मध्यपूर्वमा अमेरिकी कूटनीतिज्ञ र इराकका सैनिकहरूलाई मार्ने षडयंत्र गरिरहेका थिए।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार राकमा हजारौं अमेरिकी र गठबन्धन सेनाको मृत्युको लागि जनरल कासिम र उनका कुद्स सेना जिम्मेवार थिए।

Tags :
प्रतिक्रिया दिनुहोस