२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम क्यानोनिङ महोत्सवले भ्रमण वर्षलाई सहयोग गर्छ : मन्त्री अर्याल

अ+ अ-

वालिङ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रथम क्यानोनिङ महोत्सवले भ्रमण वर्षलाई सहयोग र स्वागत गरेको बताएकी छन् ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरी कार्यक्रमहरु अगाडि बढाइरहेको बेला स्याङ्जाको वालिङ–४ एलादी खाल्टेमा प्रथम क्यानोनिङ महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले पोखरा र लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँसम्म ल्याइ पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

‘पर्यटन र कृषिका दृष्टिले महत्वपूर्ण रहेको यस ठाउँका सम्भावनालाई उजागर गरी विकास गर्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘पोखरा र लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि झरना तथा होमस्टे रोजाइको केन्द्र बन्ने छ ।’ ग्रामीण ठाउँमा लुकेर रहेका पहिचानको प्रचारप्रसार र त्यसको संरक्षण गर्दै अगाडि बढ्न आग्रह गर्दै मन्त्री अर्यालले यहाँको पहिचानका रुपमा रहेको सुन्तला बगैँचा तथा क्यानोनिङको विस्तृत गुरुयोजना बनाउनु आवश्यक रहेको बताइन् ।

मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै कृषि र साहसिक खेल क्यानोनिङलाई दीगो पर्यटन उद्योगकोरुपमा स्थापित गर्दै भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न महोत्सवको आयोजना गरिएको क्यानोनिङ तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष मोहन खनालले बताए ।

चार दिनसम्म सञ्चालन हुने महोत्सवमा ३५ र ३० मिटरका २ वटा झरनामा क्यानोनिङको व्यवस्था मिलाइएको छ भने सुन्तलै सुन्तलाले भरिएको सुन्तलाबारी घरवासमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस