बाराको एक एनसेल टावरमा आगलागी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाराको एक एनसेल टावरमा आगलागी


१६ पुस २०७६, बुधबार


काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित एनसेल टावरमा आगलागी भएको छ ।

सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा रहेको सो टावरमा मंगलबार राति करिब सवा १० बजेतिर आगजनी गरिएको हो ।

बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका–९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस