लागुऔषधसहित एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागुऔषधसहित एक जना पक्राउ


१५ पुस २०७६, मंगलबार


मध्यपुरथिमि । महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने वर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका कुशवाहको कोठामा छापामा मार्दा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध नाइट्राभेट २ हजार २५ पत्ता फेला पारी लागुऔषध कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस