प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित


१५ पुस २०७६, मंगलबार


काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । संघीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ ।

यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस