उखु किसानको पैसा नदिने उखु उद्योगीको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उखु किसानको पैसा नदिने उखु उद्योगीको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र


१५ पुस २०७६, मंगलबार


काठमाडौं । गृह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन आग्रह गरेको छ ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले आज प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

गृहले अन्नपूर्ण सुगर इन्ड्रस्ट्रिज र इन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गराइदिन प्रहरीलाई पत्राचार गरेको हो ।

सोमबार उद्योग र कृषि मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।

उद्योगीहरुले उखु खरिद गरेको भुक्तानी नदिएको भन्दै किसानहरु काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन गरिरहेका छन् ।

पत्रमा उखुको भुक्तानी के कति लिनु दिनु बाँकी छ भन्ने विषयमा समेत छलफल गर्नुपर्ने भएकाले उपस्थित गराइदिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस