वैदेशिक रोजगार विभागले स्वतन्त्र व्यक्तिमार्फत मेलमिलाप गराउने, सूचीकृत हुन सार्वजनिक सूचना « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वैदेशिक रोजगार विभागले स्वतन्त्र व्यक्तिमार्फत मेलमिलाप गराउने, सूचीकृत हुन सार्वजनिक सूचना


१५ पुस २०७६, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले मेलमिलापकर्ता सूचीकृतका लागि सूचना प्रकाशित गरेको छ ।

वैदेशिक रोजगारसँग सम्बन्धित ठगीको उजुरी फरफारक गर्न नयाँ अभ्यासको प्रारम्भ गरेको जनाउँदै विभाग बाहिरका स्वतन्त्र व्यक्तिहरूमार्फत मेलमिलाप गराउने उद्देश्यले उक्त सूचना प्रकाशन गरेको जनाएको छ ।

कतिपय आरोपित वा उजुरी कर्ता तथा जाहेरवालाले विभागमा खुशीखुशुी लिने दिने गरी सहमति गरे पनि बाहिर गएपछि मलाई सहमति गर्न बाध्य गराइयो भन्ने कुरा गरेको सुन्नमा आउने गरेकोले विभागले अब लाइसेन्सप्राप्त, तालिमप्राप्त, अनुभवी, कानुनी पृष्ठभूमिका, विभाग बाहिरका, स्वतन्त्र व्यक्तिहरूमार्फत मेलमिलापको प्रक्रिया अघि बढाउने विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले जानकारी दिएका छन् ।

मेलमिलाप सम्बन्धी नियमावली, २०७० को नियम ३ को उपनियम २ बमोजिम विभागमा मेलमिलापकर्ताको रूपमा आफ्नो नाम सूचीकृत गराउन चाहने मेलमिलाप सम्बन्धी तालिम प्राप्त गरेका व्यक्ति वा मेलमिलाप परिषदबाट स्वीकृति प्राप्त गरेका मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले यो सूचना भएको मितिले १५ दिन भित्र निवेदन दिन हुन यो सूचना प्रकाशन गरिएको छ, सूचनामा भनिएको छ ।

निवेदन सोही नियमावलीको अनुसूची २ को ढाँचामा तयार गरी विभागको अनुसन्धान तथा मुद्दा शाखामा पेस गर्नु पर्ने र संलग्न मेलमिलापकर्ता व्यक्ति वा संस्थाको पारिश्रमिक सोही नियमको अनुसूची १६ बमोजिम हुने पनि आयोगले जनाएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस