२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रतिष्ठानमा एमबिबिएस र एमडिजिपी पढाइ

अ+ अ-

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौँ सिनेट बैठकले जुम्लामा एमबिबिएस र एमडिजिपीको कक्षा सञ्चालन गर्ने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एंव प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाडौँमा बसेको बैठकले कर्णाली प्रतिष्ठानमा एमबिबिएस र एमडिजिपी सञ्चालन गर्ने निर्णय गरको प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानले उठाएको प्रस्ताव नं ५ अनुसारको निर्णयानुसार कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रम एमबिबिएस, एमडिजिपी जनरल, एमएस अर्थोपेडिक्स, एमडी इन एनेस्थीयोलोजी, एमडी एण्ड पेड्यिाडिक्स, एमडी गाइनोलोजिस्ट, एमएसी इपिडिमियोलोजी, व्याचलर न्यूट्रेसन र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।

यसैगरी उच्चस्तरका शैक्षिक कार्यक्रमसहित १२ वटा प्रस्ताव सहमतिमा पारित गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको संशोधित नियमावली, बजेटसहित पारित भएका छन् । यसैगरी प्रतिष्ठानका बहुवर्षीय योजनासमेत पारित भएको प्रतिष्ठानका रजिष्ट्रार काफ्ले जानकारी दिए ।

प्रतिष्ठानले एमबिबिएस र एमडिजिपीको अध्ययन शुरु गर्ने मार्ग दिएपछि कर्णालीवासी भने खुशी भएका छन् । प्रतिष्ठानको यो सिनेट बैठकले अब कर्णालीको विकासमा अर्को आयाम थपिएको प्रतिष्ठान स्थापना पहल समितिका संयोजक एंव कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिक्रिया दिए । यद्यपि शैक्षिक उच्च तहका कार्यक्रम चिकित्सा शिक्षा आयोगले स्वीकृत दिनुपर्दछ ।

यसैगरी प्रतिष्ठानको सिनेट बैठकले छनोट समितिको अध्यक्ष प्राध्यापक डा गणेश गुरुङ र सदस्यमा डा.तरुण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस