डीआईजी आशा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डीआईजी आशा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस


१४ पुस २०७६, सोमबार


काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक(डीआईजी)डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा बढुवा समितिको सोमबार बसेको बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । उक्त समितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ । सिंह वरिष्ठ स्त्री रोग विशेषज्ञ हुन् ।

अस्पतालको नेतृत्वका लागि डीआईजी मिनराज पाठक, डा. सिंह र डा. सुमनराज श्रेष्ठ प्रतिष्पर्धामा थिए । उनीहरु सबै १ पुस २०७५ मा डीआईजीमा बढुवा भएका थिए ।

यसअघि ३ पुसमा प्रहरी अस्पतालकी प्रमुख डा. दुर्गा थापाले अनिवार्य अवकाश लिएयता एउटा प्राविधिक एआईजी पद रिक्त रहेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस