२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत, भूटान र बङ्गलादेशका नागरिकलाई भ्रमणको निम्तो

अ+ अ-

भद्रपुर । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बङ्गलादेशका नागरिकलाई आह्वान गरेका छन् ।

भारतीय उद्योग परिसङ्घले पश्चिम बङ्गालको सिलिगुडीमा शनिबार आयोजना गरेको सातौं उत्तर बङ्गाल सम्मेलनको उद्घाटन सभामा महावाणिज्यदूत अर्यालले संसारकै दश उत्कृष्ट गन्तव्यस्थलमा परेको नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य हेर्न नेपाल भ्रमणमा जान छिमेकी मुलुकका नागरिकलाई अनुरोध गरेका हुन् ।

पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवको उपस्थितिमा भएको सम्मेलनमा नेपाल, भूटान र बङ्गलादेशका उद्योग तथा पर्यटनसँग सम्बद्ध संघसंस्थाका उच्च तहका प्रतिनिधि सहभागी थिए । महावाणिज्यदूत अर्यालले नेपाल, भारत, भूटान र बङ्गलादेशले पर्यटन र व्यापारमा सहकार्य गरेर साझा उपलब्धि र आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरेका छन् ।

उनले काँकडभिट्टा र पशुपतिनगर नाकामा नेपालले उच्च सुविधा र प्रविधियुक्त अध्यागमन कार्यालय सञ्चालन गरिसकेको उल्लेख गर्दै सोहीस्तरको अध्यागमन कार्यालय भारतीय नाकामा स्थापना गर्न आग्रह गरे ।

पश्चिम बङ्गालका पर्यटनमन्त्री देवले नेपाल र भारत एउटै हिमशृङ्खला र संस्कृति भएका मुलुक भएको हुँदा पर्यटनका साझा लक्ष्य पहिल्याउँदै आर्थिक विकासलाई तीव्र बनाउन आवश्यक भएको बताए ।

कार्यक्रममा प्रदेश नं–१ का पर्यटकीय गन्तव्यको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने पश्चिम बङ्गालका पर्यटनमन्त्री देवलगायतका भूटान र बङ्गलादेशका प्रतिनिधिलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पिन र पर्चा वितरण गरिएको थियो ।

कोलकातास्थित बङ्गलादेशी महावाणिज्यदूत मोहम्मद शमसुल अरिफ, पश्चिम बङ्गाल राज्य सरकारकी पर्यटन सचिव श्रीमती शान्ता प्रधान, कोलकातास्थित नेपाली सह–महावाणिज्यदूत तर्कराज भट्ट, पर्यटन अभियन्ता राज वसुलगायतले एशियाली राजमार्गको निर्माणले नेपाल, भारत, भूटान र बङ्गलादेशले आपसी व्यापार र पर्यटनमा लाभ उठाउने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस