दुई स्थानीय तहका प्रमुखले गरे संयुक्त शिलान्यास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई स्थानीय तहका प्रमुखले गरे संयुक्त शिलान्यास


१३ पुस २०७६, आइतबार


डोटी । डोटीको शिखर नगरपालिका र डडेलधुराको गन्यापधुरा गाउँपालिकाको प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा रहेको फलाकाफलाकी शिखरलाई सडक सञ्जालसँग जोड्न दुवै स्थानीय तहका प्रमुखले सडकको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

शिखर नगरपालिकाको काफल शिखर सडक र गन्यापधुरा गाउँपालिकाको गन्या शिखर सडकको दुवै स्थानियतहले ५.५ लाख रुपैयाँ विनियोजन गरी काम सुरु गर्ने गरी गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ मा एक कार्यक्रमका बिच सडकको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी र गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबल बहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले हामीले शिखरको विकासको लागि अनुसन्धान अगाडी बढाउनुका साथै पवित्र स्थल सेती नदीको ढिपी आर गरिसकेका छौ । यसका लागि हामी वरिपरिका स्थानीय तह मिलेर जानू पर्ने बताए ।

उनले भने ‘हाम्रा यी धार्मिक स्थलको महत्त्व आफैमा गौरव लाग्ने छ, हामीले काफल शिखर र गन्या शिखरलाई बाटो निर्माण गर्न सके भौगोलिक रूपमा जोडिने छ, हाम्रा बाटाहरू अब धनगढी जोडिने बाटो सम्म जोडिने छन् । विकासका लागि सबै मिलेर अगाडी बढे दुवै गाउँपालिका धार्मिक एवं पर्यटकीय दृष्टिकोणले धनी हुने बताए ।

त्यसै गरी गन्यापधुरा गाउँपालिकाका प्रमुख नबल बहादुर मल्लले दुवै स्थानीय तहको धार्मिक महत्त्वको स्थलको रूपमा रहेको शिखरको विकासका लागि पूर्ण सहयोग रहने बताए । उनले भने ‘हामीले धार्मिक तथा पर्यटकीय हिसाबले गुरु योजना बनाउन खोजेका छौ । हामी धार्मिक , पर्यटन र भौगोलिकका साथै मितेरीका हिसाबले अगाडी बढाउनुका साथै साझा क्षेत्रको विकासमा दुवै स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने पर्ने बताए ।

त्यसै गरी शिखर नगरपालिकाका उप प्रमुख धरौली देवी रावल गन्यानधुरा गाउँपालिकाका उपाध्यक्ष कमला देवी ठगुन्ना शिखर नगरपालिका वडा अध्यक्षहरू, गन्यापधुरा गाउँपालिका वडा अध्यक्ष लगायत स्थानीयको सहभागिता रहेको थियो । गन्या शिखर धार्मिक हिसाबले निकै प्रख्यात ठाउँ हो ।

Tags :
प्रतिक्रिया दिनुहोस