रुसद्वारा ध्वनिभन्दा २० गुणा तिव्र गतिको क्षेप्यास्त्र जडान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रुसद्वारा ध्वनिभन्दा २० गुणा तिव्र गतिको क्षेप्यास्त्र जडान


१२ पुस २०७६, शनिबार


काठमाडौँ । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको छ । तिव्रगतिको हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरु जडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको हो ।

ति क्षेप्यास्त्र जडान गरेको स्थान भनेल खुलाइएको छैन । अधिकारीहरुले पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएको बताइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरुले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्‍याएको बताएका छन् । उनले भनेका छन्,‘अन्य कुनै देशसँग यति छिटो उड्ने हतियार छैनन्, क्षेप्यास्त्रको त कुरै छोडौँ ।’

ती क्षेप्यास्त्रहरुमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ ।

रुसका रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्र तैनाथ गरिएको बताएका छन् । उनले यो महत्वपूर्ण घटना भएकोसमेत दाबी गरेका छन् ।

पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्चमा सार्वजनिक गरेका थिए । सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा ६ हजार किलोमिटर परको लक्षलाई प्रहार गरको थियो ।

अन्तर महादेशीया क्षेप्यास्त्रको ट्प्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्छ । रुसको रक्षामन्त्रालयले सो भिडिणे सार्वजनिक गरेको छ । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस