२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका लागि कानून बाधक बन्दैन : प्रधानन्यायाधीश राणा

अ+ अ-

काठमााडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताएका छन् ।

सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरु भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘विकास समग्र समाज र राष्ट्रको आवश्यकता हो । विकास र आर्थिक समृद्धिको विषयमा न्यायपालिका पनि संवेदनशील बन्नुपर्दछ ।’

‘कानून विकासको अधार भएकाले कानूनले विकासका लागि उपयुक्त वातावरण तयार पार्नेछ’, उनले भने, ‘कानून र विकासमा अन्तरद्वन्द्व भएका कानून प्रतिकूल रहेका अवस्थामा बाहेक अदालत विकास पक्षमा उभिने छ ।’

प्रधानन्यायाधीश राणाले कानून र कार्यविधि स्पष्ट भयो भने त्यसले विकासका लागि बधक नबन्ने भन्दै कानूनले विकासका लागि सहकार्य गर्नुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विकासमैत्री कानून बनाउनुपर्नेमा जोड दिदैं अहिलेको संविधान विकासप्रेमी रहेकाले सरकारले विकासका लागि बाधक बन्ने कानूनलाई संशोधन गर्नुपर्ने बताए । स्थिर सरकार छ, नेतृत्व पनि सबल छ’, उनले भने, ‘विकासका विषयमा अलमल भएकाले विकास नभएको हो ।’

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले विकासका लागि अदालत बाधक बन्न नहुने बताए ।

महान्यायधिवक्ता अग्नि खरेलले कानून विकासको समृद्धिको आधार रहेकाले विकास गर्नका लागि कानूनलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता रामशरण महतले विकासका लागि कानून सहयोगी बन्नुपर्ने उल्लेख गर्दै विकासका लागि कानून बाधक बने त्यसलाई संशोधन गर्दै लैजानुपर्ने बताए ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले विकासमा कानूनभन्दा व्यावहारिक कुरालाई प्राथमिकता दिनुपर्ने धारणा राखे। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विकासका सन्र्दभमा अन्तरिम आदेश दिँदा ख्याल गर्नुपर्ने बताए । ‘जनप्रतिनिधिले विकासको काम अदालतले रोकिन्छ भन्ने गरेको मैले पाएको छु’ उनले भने,’ राजनीतिक दल, न्यायलय, विकास र कानूनसँगसँगै जानुपर्दछ । अनि मात्र मुलुकको विकास हुन्छ ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को अभियानलाई पूरा गर्न सरकार र न्यायलयसँगसँगै जानुपर्ने बताए ।

सर्वोच्च बारका उपाध्यक्ष राजु खड्काले विकासमा कानूनले पारेको समस्याका बारेमा छलफल गरि निष्कर्ष निकाल्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा सांसद, कानून व्यवसायीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस