फेल भएका ७१ लाई लाइसेन्स दिने यातायात कार्यालय प्रमुखविरुद्ध मुद्धा दायर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

फेल भएका ७१ लाई लाइसेन्स दिने यातायात कार्यालय प्रमुखविरुद्ध मुद्धा दायर


११ पुस २०७६, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएका ७१ जनालाई लाइसेन्स दिने यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।

उनीहरुले आफ्नो कार्यकालमा ट्रायल परीक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई नतिजामा पास गराएको देखिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

फेल भएका व्यत्तिको नाममा सवारी चालक अनुमतिपत्र जारी गरी परीक्षाको परिणाम फेरवदल गरेको देखिएकोले अनुसन्धानको दायरामा ल्याएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस