वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ


९ पुस २०७६, बुधबार


काठमाडौं । वैदेशिक रोजगारीमा  ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले रु १० लाख ५० हजार ठगी गरेको महाशाखाले जनाएको छ ।

काठमाडौँ सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनी विरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि आज महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस