त्रिशूलीमा डुबेर एक बालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिशूलीमा डुबेर एक बालकको मृत्यु


९ पुस २०७६, बुधबार


विदुर । नुवाकोट, विदुर नगरपालिका–७ का एक बालकको आज बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।

शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किएका थिए । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो ।

नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए । तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब ७ घण्टामा फेला पारेको प्रहरीको भनाइ छ ।

मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरवाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस