२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा र फेवाताल एकअर्काका परिपूरक : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरा र फेवाताल एकार्काका परिपूरक भएको बताएका छन् ।

पोखरा महानगरपालिका–२४ स्थित बेतयानी खोलामा निर्माण गरिने सिन्टेसन बाँध र सिल्टपोखरीको आज एक समारोहबीच शिलान्यास गर्दै उनले पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य फेवाताल रहेको बताए ।

फेवातालका माध्यमबाट पोखरामा पर्यटन व्यवसायीले राम्रो आयआर्जन गर्नुका साथै समग्र पोखरेली केही न केहीरुपमा यसबाट लाभान्वित भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखराका नौ वटासहित गण्डकी प्रदेशका समग्र तालको संरक्षण र विकास गर्नु तीनवटै तहका सरकारको दायित्व रहेको बताए । उनले फेवातालको सिमाङ्कनका लागि संघीय सरकारको भूमि सुधार मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिए ।

प्रदेश सरकारले ताल विकास प्राधिकरण ऐन निर्माण गरेर कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले तालतलैयाको आसपासमा जथाभावी गरिने विकास निर्माणले वातावरणका साथै सो क्षेत्रका जलाशयसमेत सङ्कटमा पर्ने गरेको धारणा राखे। संघीय सरकारले सिमाङ्कन, प्रदेश सरकारले सीमाको संरक्षण र स्थानीय सरकारले नदीजन्य वस्तुको व्यवस्थापन गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले वर्षाको समयमा खहरेखोलाले बगाएर ल्याएको ढुङ्गा, माटो, बालुवालगायतको नदीजन्य वस्तुलाई फेवातालमा जानबाट रोक्न सिल्टेसन बाँधले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ४ वटा खोलामा निर्माण गरिएका सेल्टपोखरीमा वार्षिक ३ लाख घनमिटर वस्तु जम्मा हुने र त्यसलाई बजारमा बिक्री गरेर लगभग रु २३ करोड आम्दानी गर्ने लक्ष्य महानगरले लिएको बताउँदै उनले त्यसबाट भएको आम्दानी आवश्यकताअनुसार अन्य क्षेत्रको संरक्षणमा लगानी गरिने जानकारी दिए।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरले यसअघि ६० हजार घनमिटर माटो झिकेर १५ रोपनी तालको आधार वृद्धि गरेको बताउँदै सिल्टेसन बाँध निर्माणले फेवातालको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले पोखरा–२४ स्थित बेतयनी खोलालगायत लौरुक, अँधेरीखोला, हर्पनखोला र घाँटीछिनामा १५ महिनामा सिल्टेसन बाँध निर्माण गर्ने निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस