भारतीय राजदूतलाई देउवाको बिदाइ भोज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय राजदूतलाई देउवाको बिदाइ भोज


८ पुस २०७६, मंगलबार


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी आफ्नो कार्यकाल सकिएर स्वदेश फर्किदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले बिदाइभोज दिएका छन् ।

राजदुत पुरीलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर उनले भोजको आयोजना गरेका हुन् । भोजमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकास शरण महत लगायत नेताहरु पनि सहभागी थिए ।

पुरी यही पुस १५ गते भारत फर्किदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस