डोटीमा जोखिम युक्त बालबालिकाको ब्यवस्थापन गरिने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

डोटीमा जोखिम युक्त बालबालिकाको ब्यवस्थापन गरिने


८ पुस २०७६, मंगलबार


डोटी । डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका १४ वटा वडाभित्र रहेका जोखिम युक्त बालबालिकाहरुको पहिचान गरी घटना ब्यवस्थापन गरिने भएको छ ।

सामुदायीक विकास केन्द्र डोटी र वल्र्डभिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालीत बाल स्पोन्सर सिप परियोजना अन्र्तगत आधारभुत आवश्यकता प्राप्त गर्न नसकेका, पारिवारिक रुपमा बिछिप्त, बलात्कृत, बालबिवाहबाट पिडीत,बाल श्रममा रहेका अपाङ्गता भई जोखिममा रहेका जस्ता बालबालिकाहरुको पहिचान गरी घटना व्यवस्थापन गरिने बाल स्पोन्सरसिप परियोजनाका टिम लिडर सुनील जोशीले बताए ।

उनले भने ‘हामी सुरुमा जोखिम युक्त बालवालिकाको अवस्था पहिचान गर्न सुचना संलग्न गछौं त्यसपछि स्हार योजना बनाउछौं, स्रोत नक्साकंन गछौं, त्यसपछि प्रेशण प्रकृया अनुसार घटनाको ब्यवस्थापन गर्ने बताए ।

जोखिम युक्त बालबालिकाहरुको पहिचान गरी घटना ब्यवस्थापन गर्न बाल संरक्षण समिति तथा घटना ब्यवस्थापकहरुलाई घटना ब्यवस्थापन सम्बन्धी तालिम दिईसकेको समेत टिम लिडर जोशीले बताए ।

कार्यक्रम पहिलो चरणमा आदर्श गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ र ७ मा पुर्विचौकी गाउँपालिकाको वडा नम्बर १,२,३ मा सायल गाउँपालिकाको ४,५ र ६ मा र दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ र ९ मा संचालन हुने भएको छ ।

बाल स्पोन्सर सिप परियोजना अन्र्तगत संस्थाले वल्र्डभिजन इन्टरनेशनलको साझेदारीमा यो भन्दा पहिले सायल, आर्दश पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका विभिन्न बिद्यालयमा अध्ययनरत आर्थिक रुपमा बिपन्न, दलित,अपाङ्गता भएका, बिपद्को उच्च जोखिममा रहेका ४ हजार १ सय पचास वालबालिकालाई कम्मल वितरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस