२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीकेदार प्रचुर सम्भावनायुक्त क्षेत्र हो : अध्यक्ष चन्द

अ+ अ-

डोटी । डोटीको बडी केदार गाउँपालिका प्रचुर सम्भावना युक्त क्षेत्रको रूपमा विकास भइरहेको बडी केदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताएका छन्।

अध्यक्ष चन्दले बडी केदार गाउँपालिका डोटी जिल्लामा रहेका अरू स्थानीय तहबाट फरक रहेको र सोही अनुरूप विकास भइरहेको बताए । प्रशासन डट कमसँग कुरा गर्दै उनले भने‘ बडी केदार गाउँपालिकामा रहेका सम्भावनाको बयान कसरी गरौँ वर्णन गरी नसक्नु छ ।

पर्यटनदेखि अर्थोपार्जनका अथाह स्रोतहरू रहेको बताउँदै चन्दले भने बडी केदार जस्तो पर्यटकीय स्थान छ, विभिन्न पर्यटकीय एवं धार्मिक स्थलहरू छन्, तेलेको लेकसँग जोडिएको महाभारत हुँदा जडीबुटीको उच्च सम्भावना, पशुपालन, बाख्रा पालन, सुन्तला, अदुवा, बेसार, मह, ध्यू, माछा सबै कुराहरू सहज सबै ठाउँमा पाइने डोटीको एक मात्र ठाउँ हो बडी केदार ।’

यस क्षेत्रको विकासको लागि योजनाबद्ध रूपमा अगाडी बढी रहेको समेत अध्यक्ष चन्दको भनाई छ ।

देश सङ्घीय संरचनामा गई जनप्रतिनिधीहरु आइसकेपछि जनताले केही परिवर्तनको आभास गर्नुका साथै गाउँपालिकाको समग्र विकासका लागि सम्भावनाको प्रवर्द्धन र विकास गर्न सुपर जोन कार्यक्रमका साथै अन्य कार्यक्रमहरू अगाडि बढाई रहेको उनले बताए ।

जिल्ला सदरमुकामबाट टाढा रहेको कैलाली र सुर्खेत जिल्लाको सिमानासँग जोडिएको उक्त गाउँपालिकामा कैलालीको सहज पुरदेखि वडा नम्बर ५ गाडेबाँज सम्म ५० किलोमिटर सडक पिच हुने काम हुनुका साथै वडा नम्बर १ बिपीनगरबाट ३ किलोवाटको सालमोनी हाईड्रोपावर निमार्ण भई सञ्चालनमा आई सकेको छ ।

गाउँपालिकाको केन्द्र रहेको बडी केदार गाउँपालिकाको खड्यौलीमा गाउँपालिकाले डिप बोरिङबाट खाने पानी सञ्चालनमा ल्याउनुका साथै यस वर्ष भित्र सम्पन्न हुने गरी गाउँपालिकाको आफ्नै भवन निमार्ण हुँदैछ । यो मात्र होइन अन्य शिक्षा, स्वास्थ्य, कृषि यातायातको,क्षेत्रमा पनि परिवर्तन भएको देखिन्छ । सबै वडाहरू कच्ची सडक सञ्जालसँग जोडिएका छन् ।

२०४४ साल देखी सहजपुर बोगटान दिपायल सडकको नामकरणबाट सुरुवात भएको सडकले पूर्णता नपाउँदा समग्र बोगटान क्षेत्रको विकासमा ढिलाइ भएको स्थानीय बासीहरू बताउँछन् । यदि सहजपुर बोगटान हुँदै दिपायल सडक समयमै जोडिन सक्ने हो भने बडीकेदार मात्र नभएर बोगटान क्षेत्र नै सम्भावनाको क्षेत्रको रूपमा चिनिने र विकास हुने स्थानीयवासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस