२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राहत शिक्षकको लागि छुट्टै नीति’

अ+ अ-

ओखलढुङ्गा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिए।

त्यसलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उनले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने बताए। उनले भने, ‘सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो । यसलाई हामी सुधार्न लागिरहेका छौँ ।’

मन्त्री पोखरेलले देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको बताउँदै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको बताए । मन्त्री पोखेलले नेपाली समाजमा सांस्कृतिक क्रान्ति गर्नु जटिल विषय भएको बताएका छन् । मोलुङ गाउँपालिका–४ हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले संस्कारलाई समय अनुकूल परिवर्तन गरी अगाडि बढ्नुपर्नेमा समेत जोड दिए ।

हिन्दू संस्कार नमान्ने भन्दै नेता पेशल खतिवडाले बुबाको काजकिरिया गरेनन्। हिन्दू संस्कारको विरुद्धमा विद्रोह गरेर स्व खतिवडाका छोरा पेशल खतिवडाले सांस्कृतिक क्रान्तिको शुरुआत गरेको मन्त्री पोख्रेलले बताए ।

त्यस्तै श्रद्धाञ्जलि कार्यक्रममा सङ्घीय प्रतिनिधिसभाका सांसद एवम् नेकपाका केन्द्रीय सदस्य यज्ञराज सुनुवार, संविधानसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, नेकपाका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिका महोत्तरीका प्रमुख एवम् आधारशिला परिवारका सदस्य हरिनारायण चौधरी, नेकपाका केन्द्रीय सदस्य निर्मल बराल, नेकपाका केन्द्रीय सदस्य प्रकाश पोख्रेलले स्व खतिवडाका बारेमा चर्चा गरेका थिए ।

स्व मनोरथ २०१८ देखि २०२६ सालसम्म प्रधानपञ्च बनेका थिए । उनी जीवन प्रदीप मावि हर्कपुरमा संस्थापक अध्यक्ष, बरुणेश्वर माविका संस्थापक एवम् चन्दादातासमेत थिए । स्व खतिवडाका चार छोरामध्ये जेठो दीपप्रसादको मृत्यु भइसकेको छ भने साइला नरेन्द्र र कान्छा सुरेन्द्र क्रियाकर्ममा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस