२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराका दुई गाउँपालिकामा पुगेनन् बैंक

अ+ अ-

मार्तडी । बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन ।

जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक स्थापना नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहेको दुखेसो गरेका छन्।

स्वामीकार्तिक गाउँपालिकाको केन्द्र पिलुचौरमा समेत बैंक छैन । पालिकामा बैंक नहुँदा स्थानीयले बूढीनन्दा नगरपालिका धाउँदै आएका छन् । दुई वटै गाउँपालिकामा बैंक नभएपछि सोही नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कारोवार गर्न धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकामा बैंक स्थापना गरी सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्दै आएको बताइएको छ ।

सात स्थानीय तहमा बैंक सञ्चालन
सात स्थानीय तहमा बैंक सञ्चालन भएपछि स्थानीयलाई बैंकिङ कारोवार गर्न सहजता भएको छ । स्थानीयस्तरमा नै बैंक सञ्चालन हुँदा सदरमुकाम मार्तडी आउने समस्या हटेको बूढीनन्दा नगरपालिका–४ का स्थानीय छक्कबहादुर मल्लले जानकारी दिए ।

उनी गाउँमा बैंक नहुँदा दुई दिन लगाएर सदरमुकाम धाउनु पथ्र्यो तर स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि स्थानीयस्तरमा बैंक हुँदा निकै सहजता वताउँछन् ।

जिल्लाका नौ स्थानीय तहमा फरक फरक बैंकले कारोवार गर्दै आएका छन् । पूर्वी उत्तरी भेगमा रहेका चार स्थानीय तहमध्ये बूढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, हिमाली गाउँपालिका सानीमा बैंक, सञ्चालनमा आइरहेका छन् ।

यस्तै बूढीगङ्गा नगरपालिकामा सिद्धार्थ बैंक, त्रिवेणी नगरपालिकामा नेपाल बैंक लिमिटेड, खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैंक र बडीमालिका नगरपालिकामा राष्ट्रिय बैंक वाणिज्य सञ्चुरी, एनआइसी, महालक्ष्मी विकास बैंक रहेका छन् ।

यहाँस्थित गौमुल गाउँपालिकामा कुमारी बैंकले आइतबारदेखि औपचारिक रुपमा आफ्ना सेवा सञ्चालन ल्याएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले गाउँपालिकाका नियमित बैंकिङ कारोवार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए।

बैंकको कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । बैंकले गाउँपालिका तथा त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ सेवा पु¥याउन सहज हुने गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएका छन् ।

बैंकले आगामी दिनमा थप सेवा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको शाखा प्रमुख नरेन्द्रसिंह साउँदले जानकारी भयोे ।

प्रतिक्रिया दिनुहोस