डोटीमा ४ हजार १ सय ५० बालबालिकालाई कम्बल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डोटीमा ४ हजार १ सय ५० बालबालिकालाई कम्बल


३ पुस २०७६, बिहिबार


डोटी । चिसोको समयमा डोटीमा ४ हजार १ सय पचास बालबालिकालाई कम्बल वितरण गरिने भएको छ ।

सामुदायीक विकास केन्द्र डोटी र वल्र्डभिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संञ्चालित सि ई एस पी परियोजना अन्र्तगत डोटीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई कम्बल वितरण गर्न लागिएको सिईएसपी परियोजनाका टिम लिडर सुनिल जोशीले बताए ।

उनले भने ‘ बालबालिकाहरुलाई चिसो मौसममा धेरै प्रकारका संक्रमणहरु देखिन्छन त्यसैले सम्भाबित संक्रमणबाट बच्न र चिसो मौसममा न्यानो रहन आवश्यक किन छ भन्ने विषयको उपयोगिताको बारेमा अभिभावकलाई जानकारी बालबालिकालाई प्रोत्साहन दिन कम्मल वितरण गरेको बताए ।

डोटीको सायल, आर्दश पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत वल्र्ड भिजन ईन्टरनेशनल नेपालमा दर्ता भएका आर्थिक रुपमा विपन्न, दलित,अपाङ्ग भएका, विपद्को उच्च जोखिमका परेका बालबालिकालाई वितरण गरिदै आएको समेत टिम लिडर जोशीले बताए ।

विभिन्न चरणमा वितरण गरिने कार्यक्रम अन्तर्गत अहिले सम्म २ हजार २ सय पचास बालबालिकालाई वितरण गरिसकेको र अन्य बाकी रहेका बालबालिकालाई केही दिन भित्र वितरण गरिने कार्यक्रम रहेको सामुदायीक विकास केन्द्र डोटीले जानकारी दिएको हो ।

वितरण गर्न लागिएका कम्बल २६ लाख बराबरको रहेको समेत संस्थाले जनाएको छ ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस