राजधानी र नामकरण सर्वसम्मत बनाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजधानी र नामकरण सर्वसम्मत बनाउने


२ पुस २०७६, बुधबार


खस्यौली । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताएका छन् ।

बुटवलमा आज आयोजित साक्षात्कारमा उनले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सर्वसम्मत बनाउने प्रयास भएको जानकारी दिए ।

मन्त्री चौधरीले भने ‘राजधानी बुटवल हुने वा दाङ भन्ने प्रमुख कुरा हो तर बुटवललाई आधार मानेर राजधानी घोषणा हुन सक्छ । ‘ प्रदेशसभाका सदस्य सहसराम यादवले विशेष समितिले प्रदेशको राजधानी र नामकरणको विषयमा सिफारिस गरेको र अन्तिम टुङ्गो प्रदेशसभाले लगाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस