सुनको मुल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सुनको मुल्य बढ्यो, आज तोलाको कति ?


२ पुस २०७६, बुधबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार तोलामा १ सयले बढेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजावी सुनको मूल्य तोलामा १ सयले वृद्धि भएर ७१ हजार ३ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ।

मंगलबार तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस