प्रदेश ५को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रदेश ५को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव


३० मंसिर २०७६, सोमबार


काठमाडौं । प्रदेश नं. ५को नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ । राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको हो ।

स्थायी राजधानीका लागि भने रुपन्देहीको सैनामैना(बुटबल पश्चिम) कपिलवस्तुको वुद्धभूमि वा दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको छ ।

हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको छ ।

विशेष समितिले बाह्रै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी हुनसक्ने स्थानहरु सिफारिस गरी प्रतिवेदन तयार पारेको छ । समितिले तयार गरेको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रतुत हुने र संवैधानिक व्यवस्थाअनुसार टुंगो लाग्ने बताइएको छ ।

संसदको दुई तिहाई बहुमतले राजधानी र नामाकरण गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक–एक सांसद छन् ।

२०७५ साउनमा गठन भएको समितिले दुई पटक म्याद थप गर्दै १६ महिना पिछ राजधानी र नाम सिफारिस गरी प्रतिवेदन तयार पारेको हो । पछिल्लोपटक थप गरिएको ६ महिनाको समयावधी सकिनु एक दिन अघि समितिले प्रतिवेदन तयार गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस