प्रजातन्त्र सेनानी नायकको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रजातन्त्र सेनानी नायकको निधन


३० मंसिर २०७६, सोमबार


जनकपुरधाम । विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज विहान निधन भएको छ । पछिल्लो समय उनी धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएका थिए ।

स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली कांग्रसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी विसं २०१८/२०४५ मा जेल परेका थिए । उनी जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत थिए । उनका दुई छोरा र दुई छोरी रहेको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस