२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडेल पक्षका सदस्य केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्य उपस्थित नहुने भएका छन्। आइतबार दिउँसो १ बजेका लागि डाकेको बैठकमा नेता पौडे पक्षका सदस्यहरु उपस्थित नहुने भएका हुन् ।

नेता पौडेल परिवारसहित पाथिभरा दर्शनका लागि गएका छन् ।

सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्न सहमत नभएको भन्दै पौडेल पक्षका नेताहरूले बैठक बहिष्कार गर्ने बताएका हुन्।

गत बिहीबार बसेको बैठक पनि पौडेल पक्षका नेताले बहिष्कार गरेका थिए। बैठकमा सभापति देउवाले ४१ विभाग गठन गर्नेलगायत ९ एजेन्डा पेश गरेका थिए। ती एजेन्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बस्न लागेको हो।

महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच केहीबेर अघि भएको छलफलपछि आज पनि बैठक बहिष्कार गर्ने निर्णय भएको हो।

सिंहका सहयोगी यूपी लामिछानेका अनुसार बरिष्ठ नेता पौडेल काठमाडौं फर्केपछि मात्रै थप निर्णय हुनेछ।

आइतबार नै उपसभापति विमलेन्द्र निधिले महामन्त्री शशांक कोइरालासँग छलफल गरी सहमतिमै अघि बढ्ने बताएका थिए। शनिबार साँझ निधि र पूर्वमहामन्त्री सिंहबीच पनि छलफल भएको थियो।

सभापति देउवा शनिबार विहान बोहराटारस्थित निवास पुगेर बरिष्ठ नेता पौडेलसँग भलाकुसारी गरेका थिए।

१४ औं महाधिवेशनको कार्यतालिका बैठकका एजेन्डा नबनेसम्म आफूहरू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने पौडेलले अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस