२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विस्फोट गरी फिरौती माग गर्ने चार गिरोह पक्राउ

अ+ अ-

कलैया । विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने २० वर्षीय देवशङ्कर राम, जीतपुरसिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाउँपालिका–३ बस्ने ३९ वर्षीय दीपेन्द्रकुमार धानुक रहेको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

परवानीपुरमा रहेको एमएस इँट्टा उद्योगका सञ्चालक कलैया उपमहानगरपालिका–२५ बस्ने मनोज साह तेलीलाई प्रमोदले पटक पटक फोन गरी फिरौती रकम माग गरेका थिए । माग गरिएको रु १५ लाख दिन नसक्दा सोही इँट्टा उद्योगमा २०७६ कात्तिक ४ गते उनकै समूहले बम विस्फोट गराई पुनः फिरौती माग गर्दै नदिए परिवारलाई समेत खतरा हुने धम्की दिएका थिए ।

पक्राउ परेका चारैजनाको विगतको आरचण राम्रो नरहेको र हातहतियार मुद्दामा पक्राउ परी जेल सजायसमेत भइसकेकाहरु रहेको प्रहरी उपरीक्षक खनालले भने । प्रमोदका साथबाट तीन थान मोबाइलसमेत बरामद भएको छ । एउटाले फोन गर्ने अर्को नम्बरबाट फिरौती माग गर्नेजस्ता कामहरु गरिरहेका थिए ।

उनले बम विस्फोट वीरगञ्ज उपमहानगरपालिका वडा नं ८ बाट नलकटुवा बन्दुक एक, सोमा लाग्ने तीन थान गोलीसहित पक्राउ परी हातहतियार तथा खरखजना मुद्दामा सजाय भोगिसकेका छन् ।

अर्का गोसाई भने नारायणी आयल रिफाइनरीबाट रु २५ हजार फिरौती लिइसकेको स्वीकार गरेको सो अवसरमा उपरीक्षक खनालले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक खनालले फिरौती रकम यदि कसैले माग गरेको छ या माग्दैछन् भने सोको जानकारी प्रहरी कार्यालय वा पायक पर्ने नजीकको प्रहरी युनिटहरुमा दिनका लागि प्रहरी उपरीक्षक खनालले आग्रहसमेत गरेका छन् ।

पक्राउ परेका चारै जनालाई अदालतबाट पाँच दिनको म्याद लिई मुलकी अपराधसंहिता २०७४ को परिच्छेद २१ दफा २५३ बामेजिम अपराधी लाभ कसुर मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस