१३औँ दक्षिण एसियाली खेलकुद आज सकिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१३औँ दक्षिण एसियाली खेलकुद आज सकिँदै


२४ मंसिर २०७६, मंगलबार


काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आजदेखि समापन हुँदैछ । मंसिर १५ गतेबाट सुरु भएको प्रतियोगिता आज २४ गते पुरुष फुटबलको फाइनलसँगै समापन हुन लागेको हो ।

आज विभिन्न खेलहरुको फाइनल पछि दिउँसो ३ बजे दशरथ रंगशालामा पुरुष फुबलको पनि फाइनल खेल हुने छ । स्वर्णका लागि यू–२३ मा नेपाल र भुटान प्रतिस्पर्धा हुनेछ ।

बास्केटबल तर्फ पुरुष र महिलाको फाइनल खेल हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीच त्रिपुरेश्वर स्थित कभर्डहलमा फाइनल खेल हुनेछ ।

यस्तै, जुडोतर्फको पनि स्वर्णका लागि अन्तिम खेल हुँदै छ भने बक्सिङतर्फ ८ स्वर्णका लागि फाइनल हुँदैछ ।

प्रतियोगिताको नवौंदिनसम्म भारतले १५९ स्वर्ण जितेको छ भने नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ ।

१४ औँ सागको आयोजना पाकिस्तानमा हुने भनि निर्णय भइसकेको छ । यो सँगै पाकिस्तानले सागको झण्डा ग्रहण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस