रिहाईको माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रिहाईको माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक


२३ मंसिर २०७६, सोमबार


डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–वडा नम्वर १ अन्तर्गतको खार खोप केन्द्रमा मंगलवार खोप लगाए पछी स्थानीय प्रविण मल्लको मृत्यु पश्चात पिडीत पक्षको किटानी जाहेरी पछि प्रहरीले स्वास्थ्यकर्मी हिरादत्त भट्टलाई पक्राउ गरी हिरासतमा राखेको विरोधमा डोटीमा स्वास्थ्य कर्मीहरुले रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृह सचिवलाई ज्ञापन पत्र पठाएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएको छ मंगलबार भएको घटनालाई लिएर आफ्नो कर्तब्य निवार्ह गरिरहेका स्वास्थ्यकर्मी हिरा दत्त भट्टलाई पीडीत पक्षको किटानी जाहेरी पछि जिल्ला प्रहरी कार्यालले पक्राउ गरी हिरासतमा लिई हामी सबै स्वास्थ्यकर्मीको मानसिकका साथै मनोमबल खस्कने काम प्रहरीबाट भएको हुदाँ स्वास्थ्यकर्मी भट्टको रिहाईको माग गरिएको छ ।

पत्रमा भनिएको छ घटनामा हामी सबै स्वास्थ्य कर्मीहरुबाट पूर्ण रुपमा अनुसन्धानमा सहयोग तथा समन्वय गर्ने भएको हुदाँ घटनामा स्वास्थ्यकर्मीमाथी मुद्धा दर्ता खोप ऐन तथा नियमावली अनुसार भई अनुसन्धान हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।

स्वास्थ्यकर्मीमाथि प्रहरीले किटान जाहेर मुद्धा दर्ता गरी पक्राउ गरेको विरोधमा मंशिर २४ गते कालो पट्टी बाधेर विरोध गर्ने, २५ गते जिल्ला भरि खोप सेवा बन्द गर्ने र पुस १ गते देखि जिल्ला भरी आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मंगलवार दिउसो २ बजे खोप लगाएर प्रविणलाई घर लगिएको राती सुतेकी अवस्थामा मृत्यु भएको हुदा खोपकै कारणले मृत्यु भएको मृतकका परिवारले दाबी गरेको छ । उनलाई डीपीटी पेण्टा खोप लगाएको स्वास्थ्य कार्यालय जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस