२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई गाउँपालिका सचिवविहीन !

अ+ अ-

काभ्रेपलाञ्चोक, । काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव नहुँदा कार्यसम्पादनमा निकै असहज भएको बताइएको छ । तेमाल गाउँपालिकामा नौ र महाभारत गाउँपालिकामा आठ वडा रहेका छन् ।

साविकका वडा सचिवहरु कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका वडासचिवविहीन भएका हुन् । महाभारत गाउँपालिकाको कुनै पनि वडामा सचिव नभएको अध्यक्ष कान्छालाल जिम्वाले बताए । उनले भने, “गाउँ–बस्तीमै पुगेका सेवा सुविधा दिलाउने कर्मचारी नहुँदा महिनौँदेखि निकै समस्या झेल्दै आएका छौँ ।”

वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नागरिकता सिफारिस, सामाजिक सुरक्षाभत्ता वितरणको काम प्रभावित भएको तेमाल गाउँपालिका–७ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले बताए। “सचिव नहुँदा पञ्जीकरणको काममा निकै समस्या भइरहेको छ”, उनले भने ।

गाउँपालिकाको प्रवक्तासमेत रहनुभएका तामाङका अनुसार गाउँपालिकाले सबै वडामा सचिवको पदपूर्तिका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई गत कात्तिक पहिलो साता पत्र पठाइएको, तर हालसम्म पदपूर्ति भएनन् । हाल १० वडा रहेको भुम्लु गाउँपालिकामा ४, १२ वडा रहेको रोशी गाउँपालिकामा ४ तथा बेथानचोक गाउँपालिकाको ६ मध्ये ३ वडामा मात्रै सचिव छन् ।

यस्तै, कोशीपारि क्षेत्रको चौँरीदेउराली गाउँपालिकाको ९ वडामध्ये दुई सचिव मात्रै रहेको र ७ वडा रहेको डाँडापारीस्थित खानीखोला गाउँपालिकाको एउटा वडामा सचिव छैनन् । खानीखोला गाउँपालिकामा भएका सचिव पनि नियमित वडामा नबस्दा जनप्रतिनिधिले निकै अपजस खेप्नुपरेको प्रवक्ता मानबहादुर गोलेले बताए । काभ्रेपलाञ्चोकमा रहेका सात गाउँपालिकामा ६१ वडा छन् ।

प्रतिक्रिया दिनुहोस