धितोपत्र बोर्डको अध्यक्षका लागि ८ जनाको आवेदन « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

धितोपत्र बोर्डको अध्यक्षका लागि ८ जनाको आवेदन


२३ मंसिर २०७६, सोमबार


काठमाडौं । नेपाल धितोपत्रबोर्डको अध्यक्षका लागि ८ जनाको आवेदन परेको छ । सरकारले खुला प्रतिस्पर्धाबाट अध्यक्षको छनौट गर्न आवेदन माग गरेसँगै ८ जनाले आवेदन दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अध्यक्ष नियुक्तिका लागि समिति गठन गरिएको थियो ।

समितिले ८ जनामध्ये सर्टलिस्ट गरेर ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रालयमा सिफारिस गर्ने योजना बनाएको छ ।

समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्ति दिनेछ ।

प्रतिक्रिया दिनुहोस