२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई सुरक्षा अनुभुती दिलाउन तयार छौँ : प्रजिअ पौडेल

अ+ अ-

डोटी । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटेली जनतालाई सुरक्षा अनुभुती दिलाउन आफु जुनसुकै बेला पनि तयार रहेको बताए ।

आईतबार डोटी बहुमुखी क्याम्पस डोटीमा आयोजित लैंगिक हिंसा सम्बन्धी एक अन्तर सम्पाद कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले सो कुरामा जोड दिएका थिए ।

विद्यार्र्थीहरुको जिज्ञासाको जवाफ दिदै प्रजिअ पौडेलले महिला हिंसा कसैले सहेर बस्न नहुने प्रत्येक ब्यक्तिले प्रतिकार गर्नुपर्ने, खाद्यान्न कुहायर लोकल रक्सी उत्पादन गर्न नपाईने, कच्ची सडकमा तोकेको भन्दा बढी भाडा लिन नपाईने, कसैले पनि आफ्नो घरमा बालश्रम राख्न नपाइने कुरा बताए ।

उनले भने ‘लैंगिक हिंसाको सवालमा बोल्न १६ दिने अभियान अन्तरर्गत मात्र होईन वर्षको ३ सय ६५ दिन नै तयार हुनुपर्छ । अर्को कुरा लैंगिक हिंसाका कारण महिलाहरु असुरक्षित हुन थाले भन्ने विद्यार्थीको प्रश्नमा कोही कसैलाई कुनै प्रकारको हिंसा हुने बित्तीकै प्रहरी प्रशासनलाई खबर गर्नुहोस हामी कारबाही गर्न तयार छौ कसैले पनि असुरक्षित महशुस गर्नु पर्दैन ।’

लैंगिक हिंसा अन्त्य गर्न सोचमा परिवर्तन हुन आवश्यक रहेको डोटी जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक दिलीप सिं देउवाले बताए ।

उनले भने ग्रामीण भेगहरुमा हिंसा भयो भन्ने सुनिन्छ तर प्रहरीलाई खबर हुन्न हामीलाई खबर नभए सम्म हामीले कसरी थाहाँ पाउने त्यसैले जस्तासुकै घटना हुने बित्तिकै प्रहरीमा उजुरी गर्न वा खबर गर्न आग्रह गर्दछु । ’ जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी प्रशासन त लागिनै रहन्छ अन्य डोटी बासीले पनि आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने समेत बताए ।

लैंगिक हिंसाको बारेमा आम जनमानसमा सकारात्मक भावानाको सोचाई हुनुपर्ने डोटी बहुमुखी क्याम्पस डोटीका निमित्त क्याम्पस प्रमुख अजुन देउवाले बताए । उनले भने हिंसा भन्ने कुरा महिला माथि मात्र हुन्छ भन्ने छैन पुरुष माथी पनि हुन सक्छ त्यसैले हिंसाको असर, हिंसाबाट निम्तीन सक्ने घटनाको बारेमा सबै नागरिक जानकार हुनु आवश्यक छ ’ हिंसाको अन्य गर्न प्रत्येक ब्यक्तिले आफुबाटै सुरुवात गर्नु पर्ने समेत बताए ।

गाउँ घरमा कल झगडा, कुटपीट, चोरी डकैती लगाएतका घटनाहरु यदा कदा सुनिने भएपनि मुद्धा मामिला प्रक्रियामा एकदमै कम आउने गरेको जिल्ला बार इकाई डोटीका उपाध्यक्ष अधिबत्ता कैलास साउँदले बताए । उनले भने ‘ डोटी जिल्लामा पनि लैंगिक हिसा बाल बिबाह, बहुबिबाह जस्ता किसीमका थुप्रै घटनाहरु हुन्छन तर मुद्धा मामिला उजुर प्रक्रियामा आउदैनन् प्रक्रियामा नआउदा हामीले केही भन्न मिल्दैन्’ हाम्रो सामाजिक कुरुति अन्र्तगत जोडीएका बाल बिबाह, बहुबिबाह, जातिय बिभेद जस्ता प्रकारका घटनाहरु हुदाँ प्रहरी प्रशासनलाई जानकारी गराई कानुनि कारबाहीको प्रक्रियामा ल्याउन सके कानुन कार्यान्वयनको प्रभावकारीता बढ्ने समेत बताए ।

अन्तर संबाद कार्यक्रममा गुड नेवर्सका जिल्ला संयोजक रंजित चौधरी, सुआहाराका वासु अधिकृत, कृष्ण चापागाई, जेसि अधिकृत रक्षा गिरी, सामुदायिक विकास केन्द्रका शिक्षा परियोजना अधिकृत एकराज बडु डोटी बहुमुखी क्याम्पसका स्ववियु सचिव प्रकाश जोशी लगायतले पनि लैंगिक हिंसाको बारेमा आफ्ना भनाई राखेका थिए ।

१६ दिने लैगिंक हिंसा विरुद्धको अभियान अन्र्तगत कार्यक्रमको आयोजना गरिएको थियो । दिपायल सिलगढी नगरपालिका, गुड नेवर्स, वल्र्ड भिजन, सुआहारा, सामुदायीक विकास केन्द्र, सोर्स नेपाल र नेपाल पत्रकार महासंघको समन्वय र सहकार्यमा संचालन भएको कार्यक्रममा जिल्लाका सरोकारवाल निकाएको सहभागिता हुनुका साथै डोटी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस