महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य


२२ मंसिर २०७६, आइतबार


चिप्लेढुङ्गा । तेहौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ ।

पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।

भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान कास्य पदक विजेता हो । पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।

बङ्गलादेशका लागि मोसम्मत रुबिना वेगमले सर्वाधिक ९ गोलको योगदान दिइन् । त्यसपछि अल्पोना अख्तरले टोलीका लागि ६ गोल थपिन् । खाडिजा खातुन र सुमी वेगमले पाँच पाँच गोलको योगदान गरिन् । शिल्पी अख्तरले ४ गोल जोडिन् । खालेदा सुल्तानाले २ गोल थपिन् ।

पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक ५ गोल गरिन् । खालिदा रमजानले टोलीका लागि ४ गोलको योगदान गरिन् । आस्मा आल्ताफ र साइका रियाजले दुई दुई गोल जोडिन् । साडिया बासिर र नाजिस मक्सुदले एक एक गोलको योगदान गरिन् । बङ्गलादेशकी मोसम्मत वेगमले पहेंलो कार्ड पाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस