१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोहलपुरमा अनिश्‍चितकालीन कर्फ्यु

अ+ अ-

नेपालगञ्ज । कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएपछि कोहलपुर क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको छ।

ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। यही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मकरूप लिएपछि आइतबार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र उपाध्यायका अनुसार दक्षिणतर्फ नेपालगन्ज–कोहलपुर सडक खण्डको पिपरी चोक, उत्तरमा नौबस्ता चोक, पूर्वमा रोहिणी खोला र पश्चिममा किरणखोलासम्म कर्फ्यु जारी गरिएको हो।

कोहलपुरको त्रिभुवन उच्च माविनजिकै दुर्घटना भएपछि ट्रक जलाइएको थियो। दुर्घटनापछि आक्रोशित विद्यार्थीको समूहले ट्रक जलाएका थिए। आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर सडकमा कैयौँ गाडीमा तोडफोड गरेका छन्।

तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ। प्रहरी र विद्यार्थीको झडपका क्रममा डिएसपीसहित २४ जना घाइते भएका छन्। तीनजनाको अवस्था गम्भीर छ। ट्रकले दुइटै खुट्टा किचिएकी बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिएन्डबी अस्पताल ललितपुर लगेको छ। त्रिभुवन माविदेखि सुरु भएको तनाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ। प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन्।

प्रतिक्रिया दिनुहोस