भारतको नयाँदिल्लीमा आगलागी हुँदा ३२ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतको नयाँदिल्लीमा आगलागी हुँदा ३२ जनाको मृत्यु


२२ मंसिर २०७६, आइतबार


काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी हुँदा ३२ जनाको शव प्राप्त भएको भारतीय मिडियाहरुले जनाएका छन् । धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् ।

अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले जनाएको छ ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् । आगलागीको कारण भने खुलेको छैन

उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको छ । आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस