१०६ स्वर्णसहित भारतको अग्रता कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१०६ स्वर्णसहित भारतको अग्रता कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा


२२ मंसिर २०७६, आइतबार


काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।

नेपालले आज म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जितेका हुन् । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए। यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जितेकी हुन् । उनले बङ्गलादेशका खेलाडीलाई पराजित गरिन् । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

साग पदक तालिका :

देश

स्वर्ण

कास्य

रजत

जम्मा

भारत   १०६   ६९   ३५   २१०
नेपाल४३३३६२१३८
श्रीलङ्का३०५४८३१६७
पाकिस्तान२११८३४८३
बङ्गलादेश२२५४८३
माल्दिभ्स
भूटान

 

Tags :
प्रतिक्रिया दिनुहोस