१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेज आइटी पार्कजस्तो नहोस् : अर्थमन्त्री खतिवडा

अ+ अ-

काभ्रेपलाञ्चोक । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ९सेज० बनेपाको आइटी पार्क जस्तो प्रयोगविहीन नबनाउन आग्रह गरेका छन् ।

उनले आज पाँचखाल नगरपालिका–८ मा निर्माणाधीन सेजको निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गरेका हुन् । “बजेटको कमी हुँदैन, बजेट अभावले काम रोकिँदैन, हामीले उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेका छौँ”, उनले भने। उनले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरुलाई झकझकाउन आग्रह गरे।

मन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोक अवस्थामा रहेकामा दुःखेसो पोखे । उनले भने, “बनेपाको आइटी पार्क बिजोक अवस्थामा छ, अर्बौं लगानी गरियो, अहिले प्रयोगविहीन अवस्थामा छ, यो निकै दुःखलाग्दो विषय हो ।” दुई सय ५७ रोपनीमा फैलिएको आइटी पार्कमा दुई ठूला प्रशासनिक भवन, चार सुविधासम्पन्न आवासीय भवन तथा अन्य आवश्यकीय गरी नौ भवन प्रयोगविहीन अवस्थामा छन् ।

मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताए । “सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेषगरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्दछ”, उनले भने । स्थानीय उद्योगी व्यवसायीसँग छलफल गरी सेज सञ्चालन गरिने उनले बताए ।

मन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्नुपर्ने बताए । उनले भने, “राजमार्गदेखि सेजसम्म जाने सडक सरकारले बनाई दिनसक्छ, यसका लागि प्रदेश सरकारसँग समन्वय गर्नेछौँ ।” उक्त अवसरमा उहाँले निर्माण कम्पनीलाई समयसीमाभित्र सम्झौता अनुसारको भवन बनाउन निर्देशनसमेत दिए ।

चालू आवमा रु १२ करोडमा सेज आयोजनाको मुख्य भवन तथा रु तीन करोडमा पर्खाल निर्माण भइरहेको छ । सेज निर्माणका लागि नपाको वडा नं ७ र ८ स्थित पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण थालिएको ८ नंका वडाध्यक्ष पुष्कर ढकालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस