नेपाल प्रहरीमा ८ एसपी र २७ डीएसपीको सरुवा (सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल प्रहरीमा ८ एसपी र २७ डीएसपीको सरुवा (सूचीसहित)


२१ मंसिर २०७६, शनिबार


नेपाल प्रहरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८ एसपी र २७ डीएसपीको काज सरुवा गरेको छ ।

प्रधान कार्यालय कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई जिप्रका स्याङजा काज सरुवा गरिएको छ । स्याङ्जामा कार्यरत एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज सरुवा गरिएको छ ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रधान कार्यालय कानुन शाखामा र प्रहरी प्रधानकार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत विश्वमणी पोखरेललाई सर्लाहीमा काज सरुवा गरिएको छ ।

यस्तै महानगरीय प्रहरी वृत्त थानकोटमा घनश्याम श्रेष्ठ, सातदोबाटोमा मित्रबन्धु शर्मा, बालाजुमा डीएसपी रन्जितसिंह राठौर र बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ । ओखलढुंगाको प्रहरी प्रमुखमा डीएसपी रुपेश खड्कालाई पठाइएको छ । त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

सूचना :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस