२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालसुधार गृहमा क्षमता भन्दा बढी बालक

अ+ अ-

डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको बालसुधार गृहमा क्षमता भन्दा बढी बालकहरु बस्ने गरेका छन् ।  २०७५ साल भाद्र महिनामा सुदूरपश्चिम प्रदेशको एक मात्र डोटी जिल्लामा स्थापना भएको बालसुधार गृहमा २५ जना बालकहरु बस्न मिल्ने क्षमताको भएपनि हाल ४८ जना बालकहरु बस्दै आएका छन् ।

बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरु बस्ने गर्दा व्यवस्थापन लगायतका अन्य सेवा सुविधा लुगा कपडा, खान बस्नमा पनि समस्या हुने गरेको बाल सुधार गृह व्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए । उनले भने, ‘ ‘बालबालिकाको बसाई व्यवस्थापनमा समस्या त हुने नै भयो त्यसका साथै संख्या बढी हुदाँ बालकहरुको सुरक्षामा समेत समस्या हुन्छ, आर्थिक रुपमा पनि सिमीत बजेट हुन्छ बढी बालकहरु भए अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षा व्यवस्थापन गर्नुपर्छ असन्चो हुदाँ स्वास्थ्य संस्थामा गाडीमा धेरै पटक ओहोर दोहोर गर्नुपर्छ त्यसको आर्थिक व्यवस्थापन कहाँबाट गर्ने यस्ता थुप्रै समस्याहरु सृजना हुन्छन् ।’ बाल सुधार गृहको सम्पूर्ण अवस्थाको बारेमा अनुगमन गरि लिखित रुपमा माथिल्लो निकाएमा जानकारी गराई सकेको समेत प्रजिअ पौडेलले बताए ।

क्षमता भन्दा बढी बालकहरु भएका कारण व्यवस्थापनमा समस्या हुने गरेको बाल सुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताईन् । उनले भनिन् देश भरमा जम्मा ८ वटा बालसुधार गृह मात्र स्थापना भएका छन् त्यस मध्यको डोटी पनि एक हो । बाल सुधार गृहमा रहेका ४८ जना बालकहरु मध्य १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जना हकमा फैसला नभई पुर्वपक्षका लागि बाल सुधार गृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बुले बताईन् ।

डोटी जिल्लामा रहको बाल सुधार गृहमा हाल प्रदेश नम्बर ५ र ७ का विभिन्न जिल्लाका बालकहरु रहेका छन् । सुदूरपश्चिम प्रदेश भरि एक मात्र बालसुधार गृह भएका कारण क्षमता भन्दा बढी चाप रहेको पनि अनुमान गर्न सकिन्छ । क्षमता भन्दा बढी बालकहरुलाई एकै ठाउँमा राख्नु भन्दा सरकारले देशका विभिन्न स्थानमा बाल सुधार गृह स्थापना गर्नुका साथै भएका बालसुधार गृहलाई ब्यवस्थित बनाउनु पर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस