२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रारा तालमा फोरजी सेवा

अ+ अ-

काठमाडौं । नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ ।

नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताए । नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर क्षेत्रीसहित चार जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ । उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनीयर क्षेत्रीले जानकारी दिए । टेलिकमले राराको मुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो । उनका अनुसार एक हजार ८०० मेगाहर्जमा फोरजी सेवा शुरु गरिएको छ ।

“रारा आउने पर्यटकलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौँ”, पोखरेलले भने, “यो सेवाले रारामा पुग्ने पर्यटकलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियो तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ ।” फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र विकट मुगुका बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस