महिला डाक्टरको बलात्कार पछि हत्या गर्ने चार जनाको प्रहरी इन्काउन्टरमा मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महिला डाक्टरको बलात्कार पछि हत्या गर्ने चार जनाको प्रहरी इन्काउन्टरमा मृत्यु


२० मंसिर २०७६, शुक्रबार


काठमाडौं । भारतमा महिलाडाक्टरको बलात्कार पछि हत्या गर्ने चार जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कार पछि हत्या गर्ने चार जनाको शुक्रबार प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।

उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरुलाई १४ दिनका लागि हिरासतमा राखिएको थियो ।

चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटेको स्थानमा लगेर अनुसन्धान गर्न खोज्दा उनीहरुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा उनीहरुको मृत्यु भएको हैदराबाद प्रहरीले बीबीसीलाई बताएको छ ।

घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

पशुचिकित्सकको गत साता हत्या भएको थियो हत्याको विरोधमा भारतमा चर्को आक्रोश उत्मन्न भएको थियो । दोषीलाई मृत्युदण्डको माग गर्दै भारतको संसद्मा पनि माग उठेको थियो ।

प्रतिक्रिया दिनुहोस