५ हजार मिटर दोडमा नेपाललाई स्वर्ण र कास्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५ हजार मिटर दोडमा नेपाललाई स्वर्ण र कास्य


२० मंसिर २०७६, शुक्रबार


काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत नेपालले एथलेटिक्सको पुरुषतर्फ ५ हजार मिटरको दौडमा स्वर्ण र कास्य पदक जितेको छ । दशरथ रंगशालामा शुक्रबार भएको दोड प्रतियोगितामा नेपालले स्वर्ण र कास्य पदक जितेको हो ।

नेपालका लागि गोपचिन्द्र पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पुरा गरी स्वर्ण जितेका हुन् । भारतका सुनील दावाले रजत पदक जितेका छन् । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दोड पुरा गरेका थिए ।

यस्तै नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरी कास्य पदक जितेका छन् ।

यस अघि महिलातर्फ एथ्लेटिक्समा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला सन्तोषी श्रेष्ठ हुन् । उनले १० हजार मिटरको दौडमा जित हासिल गरेकी थिइन् । उनले भारतकी धाविका कविता यादवलाई उछिन्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस