यौन शोषणको आरोपमा एसएसपी राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यौन शोषणको आरोपमा एसएसपी राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको पत्र


२० मंसिर २०७६, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

गृह स्रोतका अनुसार संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौन शोषणको आरोपमा अनुसन्धान गरी कारबाही गर्न मंगलबार प्रधान कार्यालयलाई पत्राचार गरिएको हो।

धरानकी एक महिलाले राणामाथि ‘यौन शोषण’ गरेको आरोप लगाउँदै दिएको उजुरीपछि मन्त्रालयले प्रहर िप्रधान कार्यालयलाई पत्राचार गरेको हो । उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन्। ती महिलाले गृहमन्त्री रामबहादुर थापा तथा मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर आफूमाथि यौन शोषण भएको दावी गरेकी थिइन्।

पहिलोपटक सुनसरी जिल्लाका प्रहरी उपरीक्षक(एसपी)मा कार्यरत रहँदादेखि नै ति महिलासँग चिनजान र सम्बन्ध भएको देखिए पनि पछिल्लोपटक संघीय प्रहरी इकाइ धरान पुगेपछि उनीसँग सम्बन्ध बिग्रिएको र महिला आफूलाई न्याय माग्दै गृहसम्म आइपुगेको स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस