आज तीन शहरमा १९ खेल हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज तीन शहरमा १९ खेल हुँदै


२० मंसिर २०७६, शुक्रबार


काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग)को छैठौं दिन आज काठमाडौं, पोखरा र जनकपुरमा गरि १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

खेलमा आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछन्। पदक तालिकामा भारतले ६२ स्वर्णसहित अग्रता बनाएको छ। ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस