१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीका शिक्षा इकाई प्रमुख ७ महिनामा ४४ दिन मात्र हाजिर, प्रशासनले पठायो मन्त्रालयमा पत्र

अ+ अ-

डोटी । डोटीका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ७ महिनामा ४४ दिन मात्र हाजिर भएको देखिएको छ । इकाई प्रमुख अमर प्रसाद भट्टको चरम लापरबाहीपछि जिल्ला प्रशासन कार्यालय डोटीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई अर्को इकाई प्रमुखको व्यवस्था गरिदिन पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले इकाई प्रमुख भट्ट लामो समयदेखि अनुपस्थित रहेको हुँदा नीजलाई हाजिरी गराउने व्यवस्था मिलाउन तथा अर्को प्रमुखको व्यवस्था गरिदिने माग गर्दै मन्त्रालयलाई पत्र पठाएको हो ।

ईकाइ प्रमुख लामो समय देखि कार्यालयमा अनुपस्थित रहेको, उपस्थित हुदाँ समेत आफ्नो जिम्मेवारीलाई बेवास्ता गरेको, कार्यालयको नाममा रहको मोबाइल फोन समेत आफूसँग लिई अनुपस्थित हुने गरेको, फोन रेस्पोन्स नगर्ने गरेको, जिल्ला भित्रका विद्यालय तथा विद्यायल व्यवस्थापन समिति, सरकारी कार्यालय, स्थानीय सरकारबाट आउने गरेका गुनासाहरु सुनुवाई नगरेको जनगुनासो दिनानु दिन आउन थाले पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय र शिक्षा विभागलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

ईकाइ प्रमुखको हाजिर हेर्दा बैशाख १ गते देखि मंगलबार सम्म ४४ दिन मात्र कार्यालयमा उपस्थित रहेको देखियो, कात्तिक २२ देखि मंसिर ५ सम्म काठमाडौंमा काज लेखेको मंसिर ८ र ९ रिक्त रहेको, मसिर १०, ११, १२ र १३ गते पर्व बिदा लेखेको र मंसिर १५ देखि पुस ५ सम्म घरबिदा लेखेको देखिएको समेत प्रजिअ पौडेलले बताए ।

शिक्षा समन्वय ईकाइका विषयमा विभिन्न संचार माध्ययमा आएका समाचारलाई आधारमान्दै जिल्ला प्रशासनले पत्राचार गरेको पत्रमा समेत शिक्षक सेवा आयोगबाट छनोट भई आएका शिक्षकहरुलाई समयमैै पदस्थापन गर्न नसक्नु, पदस्थापन गर्दा आर्थिक चलखेल हुनु, पदस्थापन गरिएको स्थानमा हाजिर नगराई फिर्ता भएका शिक्षकहरुको व्यवस्थापन नगरेको, विभिन्न विद्यालयमा रहेका करार शिक्षकहरुका लागि गरिएको विज्ञापन अनुसार ४ महिनासम्म पनि परीक्षा संचालन गर्न अनुमति नदिएको, कात्तिक २२ गते देखि शिक्षा समन्वय ईकाइ प्रमुख कहाँ छन भन्ने कार्यालयलाई समेत जानकारी नभएको, जिल्ला सभाले शिक्षा विकास तथा समन्वय ईकाइ डोटीलाई समन्वय नगर्ने कार्यालयको सूचीमा राखेको कुराहरु उल्लेख गरिएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ डोटीका प्रमुखको व्यवहार र कार्यशैलीका कारण जिल्लाको शैक्षिक क्षेत्रमा अनपेक्षित समस्या सिर्जना हुन सक्ने भन्दै प्रशासनले समस्या समाधानका लागि माथिल्लो निकायमा पत्रचार गरेको हो ।

जिल्ला तहमा संचालन हुने गरेका सार्वजनिक कार्यक्रममा सबै भन्दा बढी गुनासा र आलोचना हुने कार्यलयको रुपमा शिक्षा विकास तथा समन्वय ईकाइलाई लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस