अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश – मेरो स्वास्थ्यमा सुधार भईरहेको छ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश – मेरो स्वास्थ्यमा सुधार भईरहेको छ


१६ मंसिर २०७६, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै आफू स्वस्थ रहेको जानकारी दिएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले सोमबार भिडियो सन्देशमार्फत् आफ्नो स्वास्थ्य सुधार हुँदै गएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको गत साता एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो। उनको सघन कक्षमा उपचार भइरहेको छ। ओलीले भिडियो सन्देशमा एउटा मेजर अप्रेशन पछि आफू बोल्न र हिँड्डुल गर्न सक्ने भएको बताएका छन्।

‘मेरो स्वास्थ्य राम्ररी सुधार भइरहेको छ। एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्। उनले १३ औं ‘साग’ को उद्घाटन समारोह पनि हेरेको बताए।

यस्तो छ प्रधानमन्त्री ओलीको भिडियो सन्देशको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस