कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या ३७०४ मतले अगाडि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या ३७०४ मतले अगाडि


१५ मंसिर २०७६, आइतबार


पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराई कांग्रेसको भन्दा ३७०४ मतले अगाडि छिन् । पोखरा महानगरपालिकाको वडा नं. २ को मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् ।

हालसम्म प्राप्त मतपरिणाम अनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९५ मतले पछ्याइरहेका छन् ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।

पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए। ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस